अमेरिका–इरान वार्तामा पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख पनि सहभागी हुने

 संवाददाता    २०८३, ७ असार आईतवार १२:३३     11 जनाले पढ़िसके



Spread the love

अमेरिका र इरानबिच आज स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता सुरु गर्ने तयारी भइरहेको छ।

त्यसका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसकेका छन् भने उपराष्ट्रपति जेडी भान्स पुग्दै छन्।

यसैबिच वार्तामा मध्यस्थकर्ताका रूपमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र फिल्ड मार्सल जनरल असिम मुनिर पनि सहभागी हुने पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले शनिबार अबेर राति सामाजिक सञ्जालमा लेखेको छ, ‘प्रधानमन्त्री मोहम्मद सहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिरले वार्तामा भाग लिनेछन्। प्रधानमन्त्री उच्चस्तरीय प्रतिनिधिमण्डलसहित इस्लामाबादबाट स्विट्जरल्यान्ड प्रस्थान गरिसकेका छन्।’

बीबीसीका अनुसार इरानका तर्फबाट वार्तामा सहभागिताका लागि संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची पनि स्विट्जरल्यान्ड पुगिसकेका छन्।