काफ्ले समाज मधेस प्रदेशको अध्यक्षमा धनुषाका हरिप्रसाद काफ्ले

 संवाददाता    २०८३, २७ बैशाख आईतवार १५:४६     190 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काफ्ले समाज मधेस प्रदेशको अधिवेशनले धनुषाका हरिप्रसाद काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

बर्दिबासको उद्योग वाणिज्य संघ सभाहलमा शनिबार भएको अधिवेशनले तीन जना उपाध्यक्षमा सिराहाका कृष्णराज काफ्ले, बाराका अब्जनाथ काफ्ले र महोत्तरीका हरिप्रसाद काफ्ले चुनिएका छन् ।

त्यसैगरी महासचिवमा रौतहटका गोविन्द प्रसाद काफ्ले, कोषाध्यक्षमा दीपा बराल काफ्ले, सचिवमा शुवराज काफ्ले चुनिएको जनाइएको छ ।

महासचिव गाेविन्द प्रसाद काफ्ले

सदस्यमा सुमन काफ्ले, ध्रुव प्रसाद काफ्ले र पुष्कल काफ्ले चयन भएको नवनिर्वाचित महासचिव गोविन्द प्रसाद काफ्लेले जानकारी दिए ।

कार्यक्रम निवर्तमान अध्यक्ष ऋषिराज काफ्लेको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष अशोक काफ्लेको प्रमुख आतिथ्यमा भएको थियो ।