फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त

 संवाददाता    २०८२, ८ बैशाख सोमबार १६:११     103 जनाले पढ़िसके



Spread the love

वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि यरिचोक तनावग्रस्त बनेको छ । ‎मृतकका आफन्तहरुले उचित क्षतिपुर्ति र गाडी चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

‎आइतबार बिहान कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले जुम्लाको हिमा गाउँपालिकाका ५५ वर्षीय कालीबहादुर बुढालाई ठक्कर दिँदा मृत्यु भएको थियो ।

आइतबार सामान्य आन्दोलन गरेका मृतक परिवारले सोमबार यरिचोकमा सडक बन्द नै गरेर प्रदर्शन गरिरहेका छन्।