डोटीको बडीकेदार गाउँपालिका–१ को बर्छेन जङ्गलमा शिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्किएर गोली लाग्दा बडीकेदार–२ बस्ने २४ वर्षीय नरेश सार्कीको ज्यान गएको छ ।
जङ्गली जनावरको शिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीकाे ज्यान गएको हो ।
बडीकेदार–१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किँदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।