गत वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा ५’ ओटीटी प्लेटफर्म एमएसएम एपमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनबाट फिल्म यसमा रिलिज गरिएको हो ।
,,
दीपाश्री निरौला निर्देशित फिल्म गत दसैँमा हलमा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा १५ करोड माथिको ग्रस कलेक्सन गरेको थियो । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
फिल्मलाई दर्शकले ओटीटीमा पनि रुचाउने विश्वास गरिएको छ । फिल्म युट्युबमा भने केही समयपछि आउनेछ ।