त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

 संवाददाता    २०८१, २७ चैत्र बिहीबार १५:३९     122 जनाले पढ़िसके



Spread the love

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन् ।

बरालको बिहीबार राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

बरालले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए ।

बराललाई कममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरिएको थियो ।