सिलिण्डर पड्किएर सल्केको आगोले २७ घर जलेको जयगढ (तस्बिहरू)

 संवाददाता    २०८१, २६ चैत्र बुधबार १३:३६     204 जनाले पढ़िसके



Spread the love

खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा अछाममा २७ घर जलेको छ।

बान्निगडी जयगढ गाउँपालिका ३ जयगढ बजारमा रहेको पुष्पराज शर्माको घरमा मंगलबार बेलुका ७:२० बजेतिर खाना पकाउने ग्यास चुहिएर आगो सल्केको थियो।

केही बेरमै ग्यास सिलिण्डर बिष्फोट भई आसपासका घरहरूमा आगो फैलिएपछि २७ घर जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरी भण्डारीले जानकारी दिए।

आगलागी बाट १५ वटा टिनका टहरा भएका पसल, १० वटा ढुंगा माटोले बनेका घर र २ वटा पक्की घर नष्ट भएका छन्।

आगलागीबाट झन्डै सात करोड बढीको क्षति भएको अनुमान गरिएको छ।

जयगढ बजारमा आगोलागी हुँदा मंगलसेन नगरपालिकाको दमकल पुग्न ढिलाइ भएको थियो। बढी क्षति हुनुको कारण सम्बन्धित पालिकाको दमकल नहुनु र ढिला गरी मात्रै दमकल पुग्नुलाई पनि मानिएको छ।

मध्यरात साढे १२ बजे मात्रै आगो नियन्त्रणमा आएको डिएसपी भण्डारीले बताए।

आगलागीबाट पीडित परिवारहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

 

 

achham-aglagi-(1)-1744182821.jpg

achham-aglagi-(5)-1744182822.jpg

achham-aglagi-(7)-1744182822.jpg

achham-aglagi-(6)-1744182822.jpg

achham-aglagi-(2)-1744182821.jpg

achham-aglagi-(8)-1744182821.jpg

achham-aglagi-(4)-1744182821.jpg