‘पुष्पा २’ बन्यो २०८१ मा नेपालमा धेरै कमाउने विदेशी फिल्म, यस्तो छ टपटेन सूची

 संवाददाता    २०८१, २६ चैत्र बुधबार १३:१७     256 जनाले पढ़िसके



Spread the love

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ २०८१ सालमा नेपाली बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्म बनेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस डेटाअनुसार ‘पुष्पा २’ले २६ करोड ४४ लाख रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मका ८८ लाख ४४ हजार टिकट बिक्री भएका छन् ।

 

यसवर्ष नेपालमा धेरै कमाइ गर्ने १० शीर्ष फिल्मको सूचीमा ९ वटा भारतीय छन् । एकमात्र हलिउड फिल्म ‘डेडपुल एन्ड वुल्भरिन’ सूचीमा छ । २०८१ सालमा कूल ८३ विदेशी फिल्म नेपालमा रिलिज भएका थिए ।

यस्तो छ सूची :

 

१) पुष्पा २- २६ करोड ४४ लाख रुपैयाँ ग्रस

२) कल्की २८९८ एडी- १२ करोड ५७ लाख नेरु ग्रस

३) स्त्री २- ८ करोड ११ लाख नेरु ग्रस

४) सिंघम अगेन- ४ करोड ९४ लाख नेरु ग्रस

५) भुलभुलैया ३- ४ करोड ७२ लाख नेरु ग्रस

६) सिकन्दर- २ करोड ९० लाख नेरु ग्रस

७) डेडपुल एण्ड वुल्भरिन- २ करोड ७१ लाख नेरु ग्रस

८) छावा- २ करोड २० लाख नेरु ग्रस

९) द ग्रेटेस्ट अफ अल टाइम (गोट)- २ करोड २ लाख नेरु ग्रस

१०) देवारा पार्ट वन- १ करोड ९७ लाख नेरु ग्रस