जिल्लाको आदेशविरुद्ध रविको रिट न्यायाधीश खडानन्द तिवारीको इजलासमा

 संवाददाता    २०८१, १२ चैत्र बुधबार ११:४६     258 जनाले पढ़िसके



Spread the love

काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनको पेसी बुधबार न्यायाधीश खडानन्द तिवारीको इजलासमा तोकिएको छ ।

लामिछानेले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध गत शुक्रबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझेको भन्दै लामिछानेले उक्त आदेश बदर र तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाऊँ भन्दै निवेदन दर्ता गराएका हुन् ।