काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरअघि जनकपुरका कप्तान हरमित सिंहले टस जितेर पहिले बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो।
जनकपुरको कप्तानी हरमित सिंह र विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्दै छन्।
विराटनगरले प्रतिश जिसीको स्थानमा अपराजित पौडेललाई प्लेइङ ११ मा ल्याएको छ।
यसैगरी जनकपुरले पनि एक खेलाडी परिवर्तन गरेको छ।
उसले मयन यादवको स्थानको विशाल सुस्लिङलाई प्लेइङ ११ मा ल्याएको हो।
प्लेइङ ११
विराटनगर किंग्स : सन्दीप लामिछाने, लोकेश बम, बसिर अहमद, नारायण जोशी, रुपेश सिंह, अपराजित पौडेल, इमरान शेख, सेहनान जयसुर्या, एंगेलो म्याथुज, आन्द्रे रसेल, शुभम रन्जाने
जनकपुर बोल्ट्स : हरमित सिहं, जेम्स निसम, सैफ हसन, माइन अली, ललित राजवंशी, अनिल शाह, तृतराज दास, अविशेक तिवारी,विशाल सुस्लिङ, राहुल यादव, अमरसिंह राउटेला