काठमाडौँ महानगरपालिकाले तिहारका लागि महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामाग्री बिक्री गर्न प्रतिबन्ध लगाएको छ।
महानगरपालिकाले सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामाग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरी गरिने चेतावनी दिएको हो।
दीपावली पर्वका अवसरमा यस वर्ष काठमाडौँ महानगरपालिका क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामाग्री बिक्री वितरण नगर्नु/नगराउनुहुन र स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिई कार्य गर्न/गराउन सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा हार्दिक अनुरोध गर्दछौँ सूचनामा भनिएको छ, यो सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलको माला तथा सजावटका सामाग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्रीहरू जफत गरिने बेहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।
साथै महानगर प्रहरी बलले नेपाली किसानले उत्पादन गरेका फूल तथा माला सरोकारवाला निकायहरूसँगको समन्वयमा बिक्रीका लागि निश्चित स्थान पनि तोकिदिएको छ।
यी हुन् स्थान
-एनबी सेन्टर नयाँ बानेश्वर- आकृति श्रेष्ठ – ९८०१३६२३१२
-बिग मार्ट : शंखमूल – विपिन रावल ९८४८६४३२९७
-आई प्लेक्स मल : नयाँ बानेश्वर – शिशिरकुमार पोखरेल – ९८६१७८१७५३
-सेल्स बेरी : मध्य बानेश्वर: सपना सिजापती – ९८०१९७१३०८
-फोनेक्स टावर : बत्तीसपुतली सुरज थापा ९७६३६९७१४०
-तिनकुने चौर तीनकुने
-सिफल चौर: सिफल
-ए.सी. कम्लेक्स : चाबहिल गोविन्द्र राज गिरी- ९८४१५१७२३३
चाबहिल गणेशस्थानः तरकारी बजार : चाबहिल : अज्जब श्रेष्ठ – ९८४१०७८८०८
-के. एल. टावरअगाडि, चाबहिल चेतना गुरुङ- ९८०५८४१९७८
-स्वयम्भू धर्म चक्र पार्क
-कालीमाटी : कालीमाटी बँक्युट
-कालीमाटी : द्यौखेल
कलंकी : भाटभटेनी
-नयाँ बजार : भ्याली कोल्ड स्टोर
-माछापोखरी : बुद्ध महल
-माछापोखरी : गुणस्तर खाल्डो
-हाँडीगाउँ : ५ वडा अगाडिको डबली
-हाँडीगाउँ : ५ वडा गणेश मन्दिर डबली
-कोइराला स्मार्ट : २६ वडा सामाखुसी
-सेल्सबेरी : महाराजगन्ज
-गोंगबु : विगमार्ट
-चप्पलकारखाना : बिगमार्ट
-बालुवाटार : बिगमार्ट
-कमलादी : कामपा २८ : आईटी बिल्डिङ – ०१ ४५१५७८६
-पुतलीसडक : कामपा २८ : स्मार्ट स्मल चित्रबहादुर ढुंगाना – ९८६९५३९५११
-अनामनगर : कामपा २९ : भाटभटेनी अजय लामा- ९८०१२४१४५१ – टेबहाल मन्दिर परिसर
-सुन्धारा : काठमाडौँ मल- ०१-५३५२५५५
-न्युप्लाजा बज्र कम्पलेक्स : गुड मार्ट मोहिङका भूर्तेल – ९८५१४००७९१
-लगन
-जैसीदेवल
-भृकुटीमण्डप
सहजीकरणका लागि महानगर प्रहरी बलको सम्पर्क नं. : ०१ – ५९०१७६३ / ०१ – ५९०१७६४ मोबाइल नं. ९८५१३५६५०९
