आलोचनाको घेरामा परेका न्यायाधीश फुयाल बसे बिदामा

 संवाददाता    २०८३, १८ कार्तिक मंगलवार १२:४२     16 जनाले पढ़िसके



Spread the love

विवादमा तानिएपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदा बसेका छन्।

मंगलबारदेखि चार दिनको लागि उनी बिदामा बसेका हुन्।

उनले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग आज (कात्तिक १७ गते)देखि २० गतेसम्मको बिदा स्वीकृत गराएका सर्वोच्च अदालतका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए।

कात्तिक २० गतेपछि तिहार बिदा सुरू हुने भएकाले फुयालको बिदा कम्तीमा पनि कात्तिक २७ गतेसम्म लम्बिने देखिएको छ।

न्यायाधीश फुयाल र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाबिचको कुराकानीको स्क्रिनसट बाहिरिएपछि फुयाल बिवादमा तानिएका छन्।

सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले विचौलिया इनम सापकोटासँग न्यायाधीश फुयालको नाम जोडिएकाे विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको थियो।