कोशी, गण्डकी र कर्णालीमा चट्याङसहित वर्षा हुने

 संवाददाता    २०८१, १२ चैत्र बुधबार ०९:०८     312 जनाले पढ़िसके



Spread the love

आज पनि नेपालका केही ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

 

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसका साथै ती प्रदेशका हिमाली र उच्च पहाडी भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।