एकताको नारा र विभाजनको व्यवहारले कम्युनिस्ट आन्दोलन कमजोर बनायो : ज्वाला

 संवाददाता    २०८३, १८ कार्तिक मंगलवार १५:१७     10 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र समाजवादको आधार निर्माण गर्ने उद्देश्यले दुई पार्टीबीच एकता गरिएको बताएका छन्।

पेरिसडाँडामा जारी नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै विचार, सिद्धान्त, कार्यक्रम, कार्यनीति र सङ्गठनात्मक सवालमा समान धारणा बनेपछि एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरिएको बताए।

उनले भने, ‘मार्गदर्शक सिद्धान्त, आन्दोलन र सङ्घर्षको स्वरूपलगायत केही विषयमा थप छलफल गर्नुपर्ने आवश्यकता रहे पनि ती विषयलाई आगामी महाधिवेशनबाट टुङ्ग्याउने सहमति भएको छ।’

असोज २१ गते बसेको बैठकमा सङ्गठनात्मक समायोजनका विषयमा छलफल गरी जिम्मेवारी र हैसियत निर्धारणमा सहमति जुटाइएको बताए। कात्तिक १२ गते बसेको बैठकले एकता कार्यक्रम आयोजना गरी औपचारिक रूपमा एकता घोषणा गर्ने निर्णय गरेको उनले बताए।

कम्युनिस्ट आन्दोलनमा एकताको आवश्यकता रहेको बताउने तर व्यवहारमा विभाजन र टुटफुट निम्त्याउने प्रवृत्तिका कारण आन्दोलनले क्षति बेहोर्नुपरेको बताए।

अब विभाजनको प्रवृत्तिविरुद्ध एकताको अभियानलाई अगाडि बढाइने उनको छ। राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतान्त्रिक अधिकारको संरक्षण र जनताका विभिन्न आन्दोलनको नेतृत्व गर्न कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताए।

उनले थपे, ‘विगतमा एकताबद्ध भएर निर्वाचनमा सफलता प्राप्त गरेको अनुभव छ। आगामी दिनमा पनि निर्वाचनमार्फत जनताको समर्थन प्राप्त गरी सरकार गठन र प्रगतिशील सुधारका काम अघि बढाउन एकताले सहयोग पुग्छ।’

समाजवादका आधार निर्माण गर्ने लक्ष्य हासिल गर्न कम्युनिस्ट आन्दोलनको एकता वर्तमान आवश्यकता भएको बताए।