सुरुङ खनेर भागेका दुई कैदी रुकुमपश्चिमबाट समातिए

 संवाददाता    २०८३, १८ कार्तिक मंगलवार १५:३४     17 जनाले पढ़िसके



Spread the love

गएको शुक्रबार राति सुरुङ खनेर डोल्पा जिल्ला कारागारबाट भागेका आठजना कैदीबन्दीमध्ये दुईजना रुकुम पश्चिमबाट पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका- ५ का २८ वर्षीय रेशम राना पक्राउ पक्राउ परेका हुन्।

उनीहरू दुबै जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका थिए। बिक र रानासहित ८ जना कैदीबन्दी शुक्रबार राति कारागारमा सुरूङ खनेर भागेका थिए।

यी हुन् भागेका कैदीबन्दी

१. कालीप्रसाद रोकाया, २९ वर्ष, त्रिपुरासुन्दरी नगरपालिका-७, डोल्पा

२. धनबहादुर भन्ने हरिबहादुर बुढा, २८ वर्ष, त्रिपुरासुन्दरी नगरपालिका-४, डोल्पा

३. यज्ञ विक, २५ वर्ष, बोरेकोट गाउँपालिका-१, जाजरकोट

४. तिलक भण्डारी, ३८ वर्ष, आठबिसकोट नगरपालिका-५, रुकुमपश्चिम

५. रामबहादुर कामी, ३२ वर्ष, आठबिसकोट नगरपालिका-१०, रुकुमपश्चिम

६. रेशम राना, २८ वर्ष, कुमाख गाउँपालिका-५, सल्यान

७. कैलाश भन्ने कपिल परियार, १९ वर्ष, नलगाड नगरपालिका-९, जाजरकोट

८. निशान भन्ने अदेश भण्डारी, ३२ वर्ष, आठबिसकोट नगरपालिका-३, रुकुमपश्चिम