कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध

 संवाददाता    २०८१, ११ चैत्र मंगलवार १८:५९     157 जनाले पढ़िसके



Spread the love

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयले कर्णाली प्रदेश सभामा पनि प्रवेश पाएको छ ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले घिसिङलाई हटाएर सरकारले ठुलो गल्ती गरेको बताए ।

‘यो देशैभरीको राष्ट्रिय सवाल हो, घिसिङलाई दुई तिहाईको नेतृत्व गरेको ओली सरकारले लोकप्रिय कार्य गरेकै कारण हटाएको बताए । सरकारले राष्ट्र सेवक र जनतामाथि गरेको अन्याय भएको टिप्पणी गरे ।

प्राधिकरणलाई मुनाफातर्फ लगेको कुरा सबैलाई थाहै छ, लोडसेडिङ पनि अन्त्य गरेकै हुन् तर सरकारले बलमिच्याई गरेर हटाएकोले तत्काल निर्णय सच्याउन माग गरे ।