ओलीले देउवालाई ‘विपक्षी दलको नेता’ भनेपछि…

 संवाददाता    २०८१, ११ चैत्र मंगलवार १७:५०     195 जनाले पढ़िसके



Spread the love

मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एउटै कार्यक्रममा देखिए ।

कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरू एउटै मञ्चमा पुगेका थिए ।

 

प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुअघि सभापति देउवाले बोलेका थिए ।

देउवापछि सम्बोधनका लागि पोडियम अघि पुगेका प्रधानमन्त्री ओलीले सत्ता सहयात्री, शेरबहादुर देउवालाई ‘विपक्षी दलका नेता’ भनिदिए ।

 

प्रधानमन्त्री ओली तुरुन्तै आफ्नो गल्ती सच्याइहाले ।

‘विपक्षी दलका नेता, (हाँस्दै) संसद्मा,’ प्रधानमन्त्री ओलीले भने ।

लगत्तै ओलीले अघि भने, ‘अहिले विपक्षी दलका होइन, हामी त सरकारमा पो छौं त है ?’

हलमा हाँसो गुन्जियो । त्यसपछि प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापतिजी शेरबहादुर देउवाजी…।’