बिरालो मार्ने व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी

 संवाददाता    २०८१, १० चैत्र सोमबार १५:३२     161 जनाले पढ़िसके



Spread the love

बङ्गलादेशको राजधानी ढाकाको एक अदालतले बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा एक व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी गरेका अकबर हुसेन शिब्लुविरुद्ध लगाईएका आरोपहरूको सुनुवाइ गर्दै ढाका महानगरीय मजिस्ट्रेट जीएम फरहान इश्तियाकले पक्राउको आदेश दिएका हुन् ।

फेब्रुअरी ५ मा बङ्गलादेशको पिपुल फर एनिमल वेलफेयर फाउन्डेसनको तर्फबाट नफिसा नौरिन चौधरीले मुद्दा दायर गरेकी थिईन्ग । मुद्दाको बयानमा नफिसाले बिरालो फेब्रुअरी १ मा हराएको र सीसीटीभी फुटेजमा शिब्लुले बिरालोलाई लात हानेर मारेको देखिएपछि पक्राउ पूर्जी जारी गरिएको हो ।