त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको नयाँ मिति तय

 संवाददाता    २०८१, १० चैत्र सोमबार १५:२८     182 जनाले पढ़िसके



Spread the love

काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ। विद्यार्थी संगठनहरूको विवादका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन। आज सोमबार निर्वाचन अधिकृत अंगदमणि गौतमले सार्वजनिक गरेको सूचनामा चैत १३ गते स्ववियुको निर्वाचन हुने उल्लेख छ। यसअघि विद्यार्थी संगठनहरूको विवादका कारण क्याम्पसको मूल गेट र क्याम्पस प्रमुखसहितको कार्यकक्षमा ताला लगाएपछि स्थगित गरिएको थियो।

सूचनाअनुसार चैत १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ।