शिवशंकर हत्या प्रकरण : पत्नी सिर्जना पक्राउ

 संवाददाता    २०८१, १० चैत्र सोमबार १५:२२     69 जनाले पढ़िसके



Spread the love

महोत्तरीमा शिवशंकर महतोको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिर्जना महतो छिन् । शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका–८ मा रहेको सगरमाथा वन परियोजनाको जंगलमा शिवशंकर मृत भेटिएका थिए । शिवशंकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बुरपुरका स्थानिय हुन् ।

हत्यामा संलग्न आरोपमा मृतक पत्नी सिर्जनालाई पक्राउ गरिएको महोत्तरीका एसपी नकुल पोखरेलले बताए । उनले भने, ‘एकजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’

जंगलमा रहेको रेलवे ट्रयाकबाट १ सय मिटर पर टाउकोमा खुकुरी प्रहार गरेर हत्यापछि जलाएको अवस्थामा उनको शव फेला परेको थियो । सनाखत गर्न नसकियोस भनेर आरोपीहरुले शव जलाएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।