हात्तीको आक्रमणबाट ज्यान गएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्याे

 संवाददाता    २०८१, २९ फाल्गुन बिहीबार १८:२५     94 जनाले पढ़िसके



Spread the love

जङ्गली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबामा एक जनाको ज्यान गएपछि उचित राहत तथा क्षतिपूर्तिको माग गर्दै बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ ।

तत्काल काजकिरियाबापत केही रकम थप गरी दिने लगायतका मागमा सहमति भएपछि दिउँसोदेखि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

गएराति १० बजेतिर निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान गएको थियो । घर नजिकै गहुँ खेतमा केही आवाज आएको थाहा पाएपछि हेर्न घरबाहिर निस्किएका थारुको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उहाँकी श्रीमतीले भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।