अर्घाखाँचीमा माटोको ढिस्को खस्दा एक महिला घाइते

 संवाददाता    २०८१, २९ फाल्गुन बिहीबार १८:०८     171 जनाले पढ़िसके



Spread the love

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिला घाइते भएकी छन्। सो गाउँपालिका–३ स्थित बरका रूख औद्योगिक ग्रामभन्दा माथिल्लो क्षेत्रमा माटो खन्दै गर्दा अचानक ढिस्को खस्दा पाणिनी–२ पोखर थोक रजौसाकी ३५ वर्षीय तुम्कला पहराई मगर घाइते भएकी हुन्।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार आठ जनाको समूह माटो लिन त्यहाँ पुगेको थियो। माटो खन्ने क्रममा अकस्मात् माथिबाट ठुलो ढिस्को खसेर तुम्कला पहराईलाई च्यापेको थियो। घटनापछि स्थानीय बासिन्दाले उनलाई उद्धार गरी उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाएका जनाइएको छ ।