लुम्बिनी प्रदेशको इतिहास मै पहिलो पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम

 संवाददाता    २०८१, २७ फाल्गुन मंगलवार १४:००     320 जनाले पढ़िसके



Spread the love

‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम(२०८१ भव्य रुपमा सम्पन्न भएको छ ।

उपमा सञ्चार प्रालि तथा तेज नेपाल मल्टीमिडिया प्रालिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर प्रमुख आतिथिको रुपमा रहेका थिए । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट विशिष्ट अतिथि, उपमा सञ्चार प्रालिका अध्यक्ष आशा गौतमको अध्यक्षता, तेजनेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठको सभापतित्वमा रहेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख घर्तीमगरले मौलिक कला तथा संस्कृति संरक्षणको आवश्यकता औंल्याए । उनले स्थानीय कला र संस्कृतिमा नै मौलिक पहिचान रहेको उल्लेख गर्दै हाल ती लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे । साथै, स्थानीय समुदायको आर्थिक उपार्जनका लागि मौलिक कला तथा संस्कृतिलाई पर्यटनसँग जोड्न आवश्यक रहेको कुरामा उनले विशेष जोड दिनुभयो ।

कार्यक्रममा अग्रज पत्रकार राधेश्याम गुप्ता ९नयाँ युगबोध राष्ट्रिय दैनिक० सहित विभिन्न साहित्यकार, कलाकार तथा श्रष्टाहरूलाई सम्मान प्रदान गरिएको थियो । अवार्ड विजेताहरुमा भाषाभाषी गीत विधाबाट सर्वोत्कृष्ट गीतकार सोब्राटी मन्सुरी, मौलिक सालै जो गीततर्फ सर्वोत्कृष्ट गायन पार्वती रोकाया, चाडपर्व गीततर्फ सर्वोत्कृष्ट गायन दिपक वली, सर्वोत्कृष्ट मोडल उमा गिरी, सर्वोत्कृष्ट मोडल गगनशिला सुनार, लोक दोहोरी गीत सर्वोत्कृष्ट गायक विजय सुनाम, सर्वोकृष्ट मोडलतर्फ प्रकाश गौतम, रिजन वस्याल, रक क्षेत्री, सर्वोत्कृष्ट नव गायक संगम राजु विसि, सर्वोत्कृष्ट नव मोडल विविका भुषाल, लेनिया विक, पञ्चेबाजा गीततर्फ सर्वोत्कृष्ट मोडल नारायण विपि परियार, मौलिक झ्याउरे गीततर्फ सर्वोत्कृष्ट गायन जितन भाई श्रीष, सर्वोत्कृष्ट निर्माता उमा गिरी, सर्वोत्कृष्ट कोरियोग्राफर महेश रामदाम, आधुनिक गीतको सर्वोत्कृष्ट गीतकार विजय खड्का गगन, सर्वोत्कृष्ट नव गायन अनु डिसि, अशोक पाण्डे, गजलतर्फ सर्वोत्कृष्ट संगीतकार सन्तोष कुमार रजौरे, प्रतियोगी कलाकारतर्फ सपना रोका, प्रत्यक्ष दोहोरीतर्फ हरिकला सुनार, सर्वोत्कृष्ट वाध्यवादनतर्फ भुवन बराल, छोटो चलचित्र विधामार्फत बद्रि शाह, सिरियल विधाबाट रमेश अधिकारी, शोभा कुँवर लगायतले अवार्ड जितेका थिए ।

उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पत्रकार राधेश्याम गुप्ता, सन्तोषकुमार गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष राजेन्द्र चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सुमन कुमार श्रेष्ठको स्वागत मन्तब्यबाट प्रारम्भ भएको कार्यक्रमको सहजीकरण अनिल सुनामले गरेका थिए । कार्यक्रमलाई समापन गर्दै उपमा सञ्चारकी अध्यक्ष तथा सभाध्यक्ष आशा गौतमले लुम्बिनी प्रदेशमा आएर यसरी ऐतिहासिक कार्यक्रम गर्न पाउँदा निकै खुशी लागेको भन्दै सम्पुर्णमा हार्दिक कृतज्ञता व्यक्त गरिन् ।

कार्यक्रमको सह९प्रायोजनमा काठमाडौं पोड्वे, सुट माला, एसिया प्यासिफिक स्कुल कलेज, एनएस अटोमोबाईल्स रहेका थिए भने सहयोगी संस्थाहरुमा राप्ती गाउँपलिका दाङ्ग, होटेल हरियाली दाङ, उपमा फिल्म्स, सुट हब, श्रुति संगीत विधालय, ओजस्वी मल्टिमिडिया लगायतका संस्थाहरु थिए ।