पछिल्ला केही वर्ष बलिउड अभिनेता अक्षय कुमारका लागि राम्रो रहेन । निरन्तर फिल्म फ्लप भइरहँदा पनि अभिनेताको स्टारडममा कुनै कमी आएको छैन ।
निर्माताहरूलाई उनीमाथि निकै विश्वास छ । उनी भूत बंगला र हाउस फुल ५ को छायाङ्कनको तयारीमा छन् । आगामी फिल्महरूको काम चलिरहँदा उनले आफ्नो एउटा अपार्टमेन्ट बेचेका छन् । अक्षयको यो अपार्टमेन्ट मुम्बईको बोरिवली पूर्वमा रहेको स्काई सिटी बिल्डिंगमा थियो ।
इन्स्पेक्टर जनरल अफ रजिस्ट्रेसन (आईजीआर)को सम्पत्ति दर्ता कागजातका अनुसार, यो प्रोपर्टी २५ एकडमा बनेको थियो । यसलाई अक्षय कुमारले नोभेम्बर २०१७ मा किनेका थिए । त्यतिबेला यसको मूल्य २ करोड ३७ लाख भारु थियो । अभिनेताले यसलाई ४ करोड ३५ लाख भारुमा बेचेका छन् । अर्थात् यसमा अक्षयले ८४ प्रतिशत नाफा कमाएका छन् ।
आईजीआर कागजातहरूका अनुसार अक्षय कुमारको अपार्टमेन्ट बेच्ने सम्झौता मार्च २०२५ मा भएको थियो । यस भवनमा थ्रीबीएचके, थ्रीबीएचके प्लस स्टुडियो र डुप्लेक्स अपार्टमेन्टहरूसहित रेडी–टू–मूभ–इन रेजिडेन्शियल अपार्टमेन्ट थिए ।
अपार्टमेन्टको कार्पेट एरिया १,०७३ वर्ग फिट छ र यसमा दुईवटा कार पार्किङ स्पेसहरू पनि छन् । अक्षय कुमारले यस वर्षको जनवरीमा पनि एउटा घर बेचेका थिए ।