महिला न्यायाधीशहरू न्यायालयको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत

 संवाददाता    २०८१, २६ फाल्गुन सोमबार १३:३४     69 जनाले पढ़िसके



Spread the love

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताएका छन् ।

सोमवार ललितपुरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ लाई सम्बोधन गर्दै उनले महिला न्यायाधीशहरुले न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्नसक्ने विश्वास व्यक्त गरे ।

 

गौरव सहजै प्राप्त नहुने भन्दै उनले न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै गौरव प्राप्त हुने जिकिर गरे । उनले आफ्नो तर्फबाट महिलाहरुलाई न्यायालय र न्यायप्रणालीको गौरव बनाउने कुरामा सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रधानन्यायाधीश राउतले भने, ‘महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्दछ । यसमा म तपाईंको लागि कुनै सहयोग गर्नपरे कुनै कसर बाँकी राख्नेछैन ।’

 

प्रधानन्यायाधीश राउतले अहिलेको न्यायालयको नेतृत्वले न्यायिक सुधारलाई प्राथमिकता दिएर अघि बढिरहेको बताए । उनले न्याय सम्पादनको कार्य जटिल रहेको पनि बताए ।