नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्न लागेको छ।
बिहान ८ बजेपछि बस्ने बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेस जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारबारे छलफल हुनेछ ।
यस्तै राजावादीको सक्रियताका विषयमा पनि छलफल हुने एक नेताले बताए ।
फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेस जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौँ केन्द्रित भएको छ । माओवादीले अभियानको नयाँ तालिका छिट्टै सार्वजनिक गर्ने बताएको छ ।