पाथीभरा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन एमालेको ध्यानाकर्षण

 संवाददाता    २०८१, १९ फाल्गुन सोमबार ०८:३०     62 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा एमालेले पाथीभरामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्षसँग छलफल र संवाद गरी केबलकार निर्माण गर्नतर्फ लाग्नुपर्ने सुझाव समेत दिएको छ ।

बैठकपछि महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको बताए ।

‘यसबारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ,’ बैठकपछि पोखरेलले भने ।