सर्लाही बस दुर्घटना ४ को मृत्यु ३ दर्जन घाइते

 #दुर्घटना     २०७८, १३ चैत्र आईतवार १३:५७     442 जनाले पढ़िसके



Spread the love

सर्लाही । सर्लाहीको फुलजोर खोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ३ दर्जन बढी घाईते भएका छन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी १७ र इश्वरपुरको सिमामा पर्ने फुलजाेर खाेलाकाे पुलबाट बस खोलामा खसेको हो ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना. ४ ख ८५५५ नम्बरकाे यात्रुबस आईतबार बिहान सबा ११ बजे पुलबाट तल खसेकाे हाे । अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई बस पुलबाट तल खसेकाे बताईएपनि अनुसन्धान भईरहेकाे प्रहरीको भनाई छ ।

मृतक ४ जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाईएकाे र घाईतेहरुकाे लालबन्दी र रानीगंजका स्वास्थ्यकेन्द्रमा उपचार भईरहेकाे छ ।