आजकाे माैसम

 #आजको मौसम     २०७८, १४ फाल्गुन शनिबार ०८:४८     96 जनाले पढ़िसके



Spread the love

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।​

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

आज (शनिबार)दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानमा तथा बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग/असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा लगायत बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।