आज ३३ जिल्लामा बाढीको खतरा, नागरिकलाई सतर्क रहन अनुरोध

 संवाददाता    २०८३, १५ असार सोमबार ११:३२     8 जनाले पढ़िसके



Spread the love

आज (सोमबार) काठमाडौँसहित देशका ३३ जिल्लामा बाढी आउने सम्भावना रहेकाले स्थानीयलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका खोला तथा नदीमा बाढी आउने सम्भावना छ।

यसैगरी आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, चितवन, कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके जिल्लामा पनि बाढीको जोखिम छ।

यस्तै बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुमपश्चिम, बैतडी, दार्चुला, दिपायल, डडेल्धुरा, अछाम र आसपासका जिल्ला भई वहने ससाना नदीमा समेत बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ।

सचेत गराउँदै महाशाखाले भनेको छ, ‘उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’