तिहार मनाउन काठमाडौं बाहिर जानेलाई यी चार स्थानबाट आज र भोलि कोभिड खोप लगाइँदै

 संवाददाता    २०७८, १६ कार्तिक मंगलवार १२:५१     44 जनाले पढ़िसके



Spread the love

काठमाडौं- सरकारले तिहार मनाउन काठमाडौं बाहिर जानेहरुका लागि कोभिडविरुद्धको खोप लगाउन सुरु गरेको छ। उपत्यकाबाहिर जाने चार प्रमुख स्थानबाट खोप लगाउन थालिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोटेश्वर चोक, गोंगबु बसपार्क, बल्खु चोक र कलंकी चोकमा खोप लगाउन सुरु गरिएको हो। खोप आज र भोलि लगाइने छ।खोप बिहान ७:३० देखि दिउसो ४ बजेसम्म लगाइने छ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताए। उनका अनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइनेछ।पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ। यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइनेछ।