बन्द भएको टिचिङ अस्पतालको बीमा सेवा पुनः सञ्चालनको तयारी

 संवाददाता    २०८३, १४ असार आईतवार १३:१३     105 जनाले पढ़िसके



Spread the love

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ।

अस्पताल प्रशासनले सूचना जारी गर्दै आगामी २०८३ असार १५ गतेदेखि बीमा अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो।

अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपीडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ । सेवाग्राहीले बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म र दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सकिने छ ।