ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु देखिएको छ।
चिडियाखानाले शुक्रबार सूचना प्रकाशित गरी जीवजन्तुमा बर्ड फ्लु देखिएको जनाएको छ। जीवजन्तुमा बर्ड फ्लु देखिएपछि चिडियाखाना बन्द गरिएको छ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि शुक्रबारदेखि चिडियाखाना बन्द गरिएको जनाइएको छ। सूचनामा भनिएको छ, ‘सदर चिडियाखाना परिसरत्रि रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको बेहोरा जानकारीको लागि अनुरोध गर्दछौँ।’
