नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
केहीबेरमै सुरु हुने खेलमा काठमान्डुले पहिले फिल्डिङ गर्ने भएको छ ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । काठमान्डुबाट डेभिड वार्नरले यो खेलबाट एनपीएलमा डेब्यु गर्दैछन् ।