रास्वपालाई भोट हालेर गल्ती गरिएछ भन्नेमा बुद्धिजीवी प्रस्ट छन् : प्रचण्ड

 संवाददाता    २०८३, १७ कार्तिक सोमबार १२:४४     16 जनाले पढ़िसके



Spread the love

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई भोट हाल्नेहरूले हावामा हालिएछ भनेर जनताले बुझ्न थालिसकेको बताएका छन्। महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको आरोप लगाए।

उनले भने, ‘आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन्। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके, हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ यो भनेर। तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम चाहिँ हामी गर्छौँ।’

उनले जागरण अभियानबाट सरकारको अलोकतान्त्रिक गतिविधिको भण्डाफोर गर्ने बताए। सरकारविरुद्ध परिस्थिति हेरेर आन्दोलन गर्ने पार्टीको तयारी भइरहेको पनि बताए।

उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूसँग मधेस सरकारको स्थायित्वका लागि सघन छलफल भइरहेको र चाँडै निष्कर्षमा पुग्ने पनि बताए।