विजय पौडेलको निवासमा पुगे एमाले अध्यक्ष केपी शर्मा ओली

 संवाददाता    २०८३, २७ आश्विन मंगलवार १५:३३     3 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वसांसद डा. विजय पौडेलको निधनमा दुःख व्यक्त गरेका छन्।

मंगलबार पौडेलको घरमा पुगेर ओलीलाई परिवारजनसँग भेटघाट गरेका छन्। उनले पौडेलका बुवा मोदनाथ प्रश्रितसहित परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

डा. पौडेलको ६० वर्षको उमेरमा सोमबार निधन भएको थियो। अस्वस्थ भएपछि कीर्तिपुर अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

उनी लामो समय एमालेमा सक्रिय रहेका थिए। पछिल्लो समय नेकपा (संयुक्त)मा आवद्ध रहेका थिए।