वासना थापाको सर्वाधिक मतसहित जित, विनिता पनि कांग्रेस केन्द्रीय सदस्य चयन

 संवाददाता    २०८३, २७ आश्विन मंगलवार १५:२७     39 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापाले सर्वाधिक मत पाएकी छन्।

कांग्रेसको १५औं महाधिवेशनमा महिलातर्फ खुल्ला केन्द्रीय सदस्य १५ जना निर्वाचित भएका हुन्। निर्वाचन समितिका अनुसार कांग्रेस संसदीय दलकी प्रमुख सचेतक थापाले पहिलो नम्बर आएकी छन्।

यस्तै महाधिवेशनस्थलबाट ठगीको आरोपमा प्रक्राउ परेकी विनिता खड्का पनि सातौं नम्बरमा मत पाएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन्। विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी खड्का अहिले पनि निर्वाचित भएकी हुन्।

केन्द्रीय सदस्यमा थापा र खड्कासँगै सांसद उर्मिला थपलिया, लुम्बिनी प्रदेश सांसद निमा गिरी र पूर्वसांसद कुसुमदेवी थापा निर्वाचित भएका छन्।

त्यस्तै धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), रिता थापा मगर, कल्पना तिवारी, गंगा दाहाल र कान्तिका सेजुवाल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।