कक्रोच पार्टीका दुई सहसंयोजकसहित समर्थक प्रहरीको नियन्त्रणमा

 संवाददाता    २०८३, २७ आश्विन मंगलवार ११:२१     19 जनाले पढ़िसके



Spread the love

कक्रोच जनता पार्टी (सीजेपी)का सहसंयोजक सौरभ दास र आशुतोष रांका दिल्ली प्रहरीको नियन्त्रणमा परेका छन् ।

जन्तरमन्तरतर्फ अघि बढ्ने प्रयासका क्रममा प्रहरीले उनीहरूलाई पुनः नियन्त्रणमा लिएको हो ।

उनीहरूसँगै पार्टीसँग आबद्ध अजिंक्य शिन्देसहित अन्य केही समर्थकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस घटनाबारे सीजेपीका संस्थापक अभिजित दीपकेले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो सार्वजनिक गरेका छन् ।

भिडियोमा पार्टीका केही समर्थक भारतीय राष्ट्रिय झण्डा बोकेर जन्तरमन्तर पुग्ने प्रयास गरिरहेको देखिन्छ ।

दीपकेले भिडियोसँगै लेखेका छन्, ‘तिरंगा बोकेर कक्रोचहरू आज बिहानै जन्तरमन्तरमा प्रवेश गरेपछि दिल्ली प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । आशुतोष रांका, सौरभ दास, अजिंक्य शिन्दे र टोलीका अन्य सदस्यलाई नियन्त्रणमा लिइएको छ ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै विरोध प्रदर्शनलाई समाप्त गर्न नसकिने बताएका छन् ।

‘नरेन्द्र मोदी, तपाईं विरोध प्रदर्शनलाई समाप्त गर्न सक्नुहुन्न,’ उनले लेखेका छन् ।