ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य

 संवाददाता    २०८३, २७ आश्विन मंगलवार १५:२९     19 जनाले पढ़िसके



Spread the love

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ।

चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए।

रोहित ६१ रन बनाउँदै पेभेलियन फर्के। उनले ६७ बलमा ३ चौका र १ छक्का हाने। बसिर ३९.१ ओभरमा ३७ रन बनाउँदा आउट भए। उनले ५० बलमा ३ चौका प्रहार गरे।

ओपनर अर्जुन कुमाल ५९ बलमा ४० रन बनाउँदै पेभेलियन फर्के। इसान पाण्डे पनि ३७ रन बनाउँदै आउट हुन पुगे। आशिफ शेख ४ रन नै पेभेलियन फर्के। दिपेन्द्र सिंह ऐरि २२ र सन्दीप जोरा १० रनमा आउट भए।

करण केसी ४० रन बनाउँदा इनिङस्को अन्तिम बलमा रन आउट भए। आक्रामक ब्याटिङ गरेका करणले १६ बलमा १ चौका र ४ छक्का प्रहार गरे। नन्दन यादव ७ रनमा अविजित रहे।

ओमानका लागि शाह फैसल, सकिल अहमद र करण सोनाभालेले समान २ विकेट लिए। हसैन शाहले एक विकेट लिए।
ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।