लामो समयसम्म अवस्था पत्ता नलागेपछि सहायक सेनानी धामीको कुशको शव बनाएर अन्त्येष्टि

 संवाददाता    २०८३, ७ आश्विन बुधबार १६:१२     0 View



Spread the love

रसुवाको टुम्मुरेबाट बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका सहायक सेनानी देवसिंह धामीको अन्त्येष्टि गरिएको छ।

भोटेकोसी बाढीमा परेको २८ दिनसम्म पनि फेला नपरेपछि परिवारले बुधबार कुसको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।

दार्चुलाको लेकम गाउँपालिका-४ का देवसिंह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। भदौ १० गते भोटेकोसी बाढीमा परी बेपत्ता भएका थिए।

२८ दिन बित्दा पनि पत्ता नलागेपछि लेकम-३, लालीस्थित आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको परिवारले जानकारी दिएको छ।
उनको अन्त्येष्टिमा दार्चुलाको श्रीदल गुल्मका गुल्मपति राजकुमार थापासहितको टोली पुगेको थियो। सैनिक टोलीले सलामी अर्पण गरेको थियो।

उनका छोराले यसअघि नै डीएनएका लागि रगत दिएका थिए। तर रिपोर्ट आउन समय लाग्ने भएपछि उनको परिवारले अन्तिम संस्कार गरेको हो।