‘हजारौँ भोटले चुनाव जित्छौँ भन्यौँ, हारेपछि अध्यक्षलाई दोष लगायौँ’ : राजीव पहारी

 संवाददाता    २०८३, ७ आश्विन बुधबार १६:०२     10 जनाले पढ़िसके



Spread the love

एमाले केन्द्रीय सदस्य राजीव पहारीले तलबाट गलत रिर्पोटिङका कारण फागुन २१ को निर्वाचनमा क्षति भएको, तर दोषजति पार्टी अध्यक्षलाई लगाउने प्रवृत्ति घातक भएको बताएका छन् ।

केन्द्रीय कमिटीको तेस्रो बैठकमा आफ्नो धारणा राख्ने क्रममा पहारीले भने, ‘निर्वाचनमा हामी सबैले यति हजार मतको फरकले जित्छौँ भन्यौँ । कतिपय क्षेत्रमा १० हजार मतको अन्तरमा जित्ने भन्यौँ, मतचाहिँ पाँच हजार कटाउन सकेनौँ । अनि, हारेपछि त्यसको सम्पूर्ण दोष अध्यक्ष कमरेडलाई लगायौँ ।’ उनले अब निर्वाचन अघि र पछिका बस्तुनिष्ठको समीक्षा र विश्लेषण गर्दै पार्टी चलायमान हुनुपर्ने भने ।

‘युवामैत्री, नवीन शैली, जनचाहना र भावनाअनुसार अध्यक्ष कमरेडले सबैलाई अभिभावकत्व र एकाकार गराउँदै, कमी कमजोरीबाट शिक्षा लिँदै पार्टीलाई नयाँ उचाईमा पुर्‍याउन हामी सबैलाई परिचालन गर्न लगाउनुस्’, उनले भने । पहारीले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत प्रतिवेदन कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । उनले भने, ‘प्रतिवेदन कार्यदलले दिएको सुझावसहित आएको छ, अब त्यसलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्छ ।’