प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन्।
आइतबार दिउँसो ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन शर्मा चीन प्रस्थान गरेका हुन्। चीन कानुन समाजले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन शर्मा चीन प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा उनकी पत्नी उमा शर्मा, मुख्यरजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।
प्रवक्ता कोइरालाका अनुसार, प्रधानन्यायाधीश शर्मा यही असोज ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।