‘जेन्जी’ पुस्ताका सांसदसँग प्रधानमन्त्रीको विशेष अन्तरक्रिया जारी

 संवाददाता    २०८३, २ आश्विन शुक्रबार १३:३४     17 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि छलफल सुरु भएको हो ।

बैठकमा मुख्यगरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।