इरानसँग सम्बन्धित एक समूहले अमेरिकाविरुद्धको युद्धमा अमेरिकी नौसेनालाई निसाना बनाउने प्रयासमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेको रिपोर्ट सार्वजनिक भएको छ।
बीबीसीको अमेरिकी सहयोगी सीबीएस न्युजले प्रकाशन गरेको विशेष रिपोर्टमा दाबी गरिएको छ, ‘उनीहरूले अमेरिकामै विकसित एआई प्रयोग गरेका थिए।’
यो रिपोर्ट गत हप्ता एन्थ्रोपिक नामक कम्पनीले प्रकाशन गरेको थियो। तर एन्थ्रोपिकले समूहको नाम किटान गरेन तर यसलाई ‘खतरनाक संगठन’ भनेको छ।
एन्थ्रोपिकले यस गतिविधिसँग सम्बन्धित खाता ब्लक गरिएको र यो खतरा रोक्न अमेरिकी सरकारलाई जानकारी गराइएको बताएको छ।
विज्ञहरूले भनेका छन्, ‘एन्थ्रोपिकको निष्कर्ष के कुरासँग मेल खान्छ भने इरानले आफ्नो रणनीतिक उद्देश्यका लागि प्रविधि कसरी प्रयोग गरिरहेको छ, जसमा अमेरिका र इजरायलसँगको द्वन्द्व पनि सामेल छ।’