रास्वपा सांसदको सरकारलाई चेतावनी– ‘शक्तिशाली बनाउनेले ढाल्न पनि सक्छन्’

 संवाददाता    २०८३, २५ भाद्र बिहीबार १५:४२     7 जनाले पढ़िसके



Spread the love

रास्वपा सांसद सोम शर्माले जेनजी आन्दोलनमा पक्राउ गरेकाहरूलाई छाड्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै जेनजी कै कारणले शक्तिशाली सरकार बनेको भन्दै बनाउनेलाई भुले ढाल्न पनि आउनसक्ने चेतावनी दिए।

उनको भनाइ जस्ताको तस्तै-

भाद्र २३ दमनको दिन, भाद्र २४ विद्रोहको दिन।
२३ गते गोली चल्यो जनता ढल्यो, २४ गते देश बल्यो अनि शासक गल्यो।

सिंहदरबार, शीतल निवास, संसद् भवन, बालुवाटार,
२३ गते आदेश दिन्थे जनतालाई ड्याम ड्याम मार।
२४ गते उल्टै शासक भाग्यौ, भ्रष्टहरू स्वीकारे हार।

जो उठे क्रान्ति गर्न आज जेलमा बसेका छन्,
पुज्न पर्ने क्रान्तिकारीहरू कालकोठरीमा फसेका छन्।
सरकार ! लडिदिए उनीहरू र त शक्तिशाली तिमी बन्यौ।
कहिले रिहाइ हुन्छन् भन्दा, गर्दै छौँ मात्र भन्यौ।

बनाउनेलाई भुल्यौ भने ढाल्न पनि आउन सक्छन्,
यो यथार्थ बिर्स्यौ भने विश्वास फिर्ता माग्न सक्छन्।
कारागारका ती चित्कारले हाम्रो मन छुनै पर्छ,
ती सबै महान् जेनजी योद्धा हुन्, शीघ्र रिहाइ हुनैपर्छ।

त्यो २४ विद्रोह हो, क्रान्ति हो बुझ्नुस् सबै,
गुन्डुबाट बास्नेहरु सुध्रिएका छैनन् अझै।