लगातार ओरालो सेयरबजार, ४ अर्बको कारोबार

 संवाददाता    २०८३, २५ भाद्र बिहीबार १५:४९     0 View



Spread the love

सेयरबजारमा आज पनि गिरावट आएको छ।

बिहीबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा झरेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ४ अर्बको कारोबार भएको छ। यो कारोबारमा ६७ वटा सेयर बढ्दा २०० वटा घटेका छन्।

यस्तै ११ वटाको मूल्य स्थिर छ।

यस दिन लिबर्टी इनर्जी लिमिटेडको सेयर १५ प्रतिशतले बढे पनि बाँकी सेयरहरु ८.२२ प्रतिशतसम्म मात्रै उकालो लागेका छन्। यस्तै सिन्धु पावर, प्रभु सेलेक्ट फन्ड क्रमशः १४.९८ प्रतिशत, १०.२२ प्रतिशतले घटेका छन्। यीबाहेक ९.३० प्रतिशतसम्मले घटेको नेप्सेले जनाएको छ।

बिहीबार लिबर्टी इनर्जीको ४५ करोडको सर्वाधिक कारोबार भएको छ।