राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले गौरीकुमारी यादवले पहिलेनै उद्योगमन्त्रीबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन्।
आज (बिहीबार) सदनमा बोल्दै उनले यादवलाई पक्राउ गर्न प्रहरी परिचालन भएकै दिन राजीनामा दिनुपर्ने बताएका हुन्।
‘गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो,’ उनले भने, ‘प्रधानमन्त्रीले चित्त बुझेन भने मन्त्रीलाई बर्खास्त गर्न सक्छ। सबै अधिकार प्रधानमन्त्रीको हुन्छ। तर प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई एरेस्ट गर्न या सचिवालयले पठाउँछन्।’
‘यो सचिवालयको केही साथीहरूको कुरा सुन्दा आफैँ झसंग हुन्छु कि म कुन देशको सांसद हो,’ उनले थपे।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।
पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगमन्त्री यादवलाई तत्कालै थुनेर सोधपुछ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएका थिए।