के साँच्चै अस्पताल बाहिरै महिलाले बच्चा जन्माएकी हुन्? यस्तो छ वास्तविकता

 संवाददाता    २०८३, २५ भाद्र बिहीबार १२:४८     35 जनाले पढ़िसके



Spread the love

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल बाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

सार्वजनिक भिडिओमा अस्पतालको गेट बाहिर ती महिलाले बच्चालाई जन्म दिएको देखिन्छ।

अस्पतालमा सुत्केरी गराउन पुगेकी एक गर्भवती महिलाले अस्पतालको लापरबाहीले गेटबाहिर सडकमा बच्चा जन्माउन बाध्य भएको भन्दै विरोध सुरु हुन थालेको छ।

घटनाबारे बुझ्दा अस्पतालका मेडिकल सुपरिटेण्ड डा. राजिव झाले ती गर्भवती महिला अस्पताल आएको स्वीकार गरे।

उनले आफू कामको सिलसिलमा काठमाडौँमा रहेको र घटनाको विषयमा आफूले जानकारी दिइरहेको बताए।

उनले बिरोध भए अनुसारको घटना नभएको दावी गरेका छन्।

‘एक जना गर्भवती महिला अस्पताल आउनु भएको रहेछ। उहाँले यसअघि कुनै पनि परीक्षण नगरेकाे भएर नर्सहरूले पहिला परीक्षण गरेर आउनु भनेर परीक्षण गर्ने लिस्ट दिनु भएको रहेछ,’ उनले भने, ‘तर उहाँहरू अस्पताल बाहिर जानु भएछ। केही समयपछि उहाँहरू शिशुको नाभी कटाउन भन्दै आएको जानकारी मलाई आएको छ। यस विषयमा म थप जानकारी बुझ्दै छु।’

 

 

मंगलबार राति करिब २ बजेतिर सुत्केरी गराउन अस्पताल पुगेकी ती महिलालाई अस्पतालले मागेको रकम तिर्न नसकेपछि अस्पतालबाट बाहिर निकालिएको भन्दै कतिपयले अस्पताल प्रशासनको विरोध गरेका छन्।