प्रतिनिधिसभाका विपक्षी दलले भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्।
उनले भनिन्, ‘सरकारले गरेको कामबारे समीक्षा भयो। सर्वदलीय बैठकमा केही बुँदाहरू हामीले बनाएका थियौँ, त्यो बुँदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ भन्नेबारेमा पनि छलफल भयो।’
बैठकमा रास्वपा सभापति रवि लामिछानेले हिजो सदनमा प्रस्ताव गरेको विशेष संसदीय विशेष समिति गठनको बारेमा पनि छलफल भएको बताइन्। उनका अनुसार बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे पनि छलफल भएको थियो।
उनले थपिन्, ‘सरकारले मात्रै नभएर प्रदेश र स्थानीय सरकारले पनि काम गरिराख्नुभएका छ। सबै गर्न सक्दैनौँ। तर पनि हामीले चाहेको भए धेरै गर्न सक्थ्यौँ। सबैसँग सरसल्लाह लिएर अगाडि बढ्न सक्थ्यौँ भन्नेबारे छलफल भयो।’
एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पनि राहत, उद्धार, खोजका कामबारे सरकारबाट भइरहेको कामबारे छलफल भएको बताइन्।
उनले थपिन्, ‘काम गर्ने सिलसिलामा केही कमीकमजोरी रहे। सुरुमै अलिकति राम्रो सल्लाह गरेर जान पाएको भए ती कमीकमजोरी रहन्थेनन् होला। अलि बेसी नागरिकहरूलाई बचाउन सकिन्थ्यो होला।’
उनले सरकार अब नागरिकको पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने बताइन्। विपद्को बेलामा आफूहरूको साथ सरकारलाई साथ रहेको भन्दै कमीकमजोरी भएको विषय सदनमा उठाउने बताइन्।