प्रधानमन्त्री शाहलाई कालो चस्मा लगाउन चिकित्सकको सुझाव

 संवाददाता    २०८३, ९ भाद्र मंगलवार ११:४६     44 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री वालेन्द्र शाहलाई चिकित्सकले आँखाको सुरक्षाका लागि सनग्लास (कालो चस्मा) लगाउन सुझाव दिएका छन् । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्रीले आँखाको परीक्षण गराएका थिए । उज्यालो प्रकाशमा देख्न कठिनाइ भएको गुनासोका आधारमा परीक्षण गर्दा सनग्लास र आवश्यकताअनुसार आई ड्रप लगाउन चिकित्सकले सिफारिस गरेका हुन् ।कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पठाइएको छ ।